Rule 126
इलाका छोड्ने सम्बन्धी व्यवस्था
सरकारी काजमा खटिएको वा बिदामा रहेको
अवस्थामा बाहेक कुनै पनि कर्मचारीले बिदा दिने अधिकारीको इजाजत वेगर आफ्नो
कार्यालय रहेको जिल्ला वा इलाका छाडी अन्यत्र जानु हुँदैन ।
तर अपर्झट परी कार्यालय छाडी जानु पर्ने भएमा कर्मचारीले त्यसको कारण
खोली निवेदन दिई आफ्नो कार्यालय प्रमुखको इजाजत लिई वा इजाजत लिन नभ्याएमा
जानुपर्ने कारण समेत खोली सम्बन्धित कार्यालय, विभागमा वा मन्त्रालयमा लिखित वा
मौखिक प्रतिवेदन दिई देशभित्र वा बाहिर जान हुन्छ । त्यसरी जाँदा कार्यालयको काममा
बाधा नपर्ने र सरकारी सम्पत्तिको हिनामिना नहुने प्रबन्ध मिलाई जानु पर्नेछ ।